सोबितालाई लक्ष्य गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो- स्पेन गएको को स्वदेश फर्किएन, नाम बताइदिनुपर्‍यो

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएकामध्ये को स्वदेश नफर्किएको हो नाम बताइदिन प्रतिनिधि सभा सांसद सोबिता गौतमलाई लक्ष्य गर्दै आग्रह गरेको छ।