भारत विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका सुप्रिमो लालूप्रसाद यादव आज पटनाको सीबीआई अदालतमा पेश भएका छन् ।
चारा घोटाला मुद्दामा भागलपुर र बांका कोषागारसँग जोडिएको मुद्दामा सीबीआईको विशेष अदालतले लालू यादवलाई सशरीर उपस्थिति हुने आदेश दिएको थियो ।
अब यो मुद्दाको सुनुवाइ आगामी ३० नोभेम्बरमा हुनेछ । अदालतमा पेश हुनका लागि यादव सोमवार दिल्लीदेखि पटना पुगेका थिए ।
सीबीआईको विशेष अदालतका न्यायाधीश प्रजेशकुमारसमक्ष लालूप्रसाद यादवसहित यो मुद्दासँग जोडिएका २८ आरोपी पेश भएका थिए ।&n...