संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कोरम नपुगेपछि भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ झण्डै २ साता पर धकेलिएको छ ।
आइतवार बोलाइएको बैठकमा जम्मा ५ सदस्य मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको हो ।
आइतवार समिति सभापति लक्ष्मणलाल कर्ण, एमालेका सुरेन्द्र पाण्डे र निरुदेवी पाल तथा माओवादी केन्द्रका देव गुरुङ र अमृता थापा मात्र उपस्थित थिए ।
१५ सदस्यीय समितिमा हाल ११ सदस्य मात्र छन् । समितिका ४ सदस्य मन्त्री बनेकाले उक्त ठाउँ खाली छ ।
११ मध्ये ६ जना सांसद उपस्थित भएको भए सुनुवाइक...