सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई अन्तरिम आदेश कार्यान्वयनका सम्बन्धमा अटेर गरेको विषयमा अदालतमै उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले युवराज अधिकारीद्वारा दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । इजलासले सो मन्त्रालयका सचिवलाई सबै व्यहोरा खुलाएर सात दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश जारी गरेको छ ।कार्यकारी अध्यक्षका रुपमा कामकाज गर्न पाउन माग गर्दै अधिकारीले दायर गरेको रिटमाथि यसअघि नै