भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ । यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् । पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो । समितिको अर्को बैठक १७ मंसिरमा तय भएको थियो । तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो । ११ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि