फरक-फरक खोप पनि लगाउन मिल्ने, बुस्टर डोजका रूपमा कोभिशिल्ड लगाइँदै

सरकारले ६० वर्षमाथिका  ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।  भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।  स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ...

सम्बन्धित सामग्री

नियमित खोप लगाउन छुटेका बालबालिकालाई फेरी लगाइने

काठमाडाैं । सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि फेरी पनि खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि यहि वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग […]

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ खोप लगाइने

काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप श

कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो । खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ ...

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]

कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा

काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप […]

खोप लगाउन पालो कुर्दै नागरिक

तनहुँको व्यास नगरपालिका कार्यालयमा बिहीबार कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन पालो पर्खिदै सर्वसाधारण । ४५ वर्षमाथिका खोप लगाउन छुटेका, १८ वर्षभन्दा माथिका विद्यार्थी र लक्षित समूहलाई नगरपालिकाका २४ स्वास्थ्य संस्थाबाट खोप लगाइँदैछ ।

हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।  प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरूले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए ।“खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक

शिक्षकहरूलाई खोप लगाउन सुरु

इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ ।      राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए ।     देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उनले बताए । यो क्रम केही समय चलिरहने उनको भनाइ छ ।      देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।  खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले

निश्चिन्त भएर खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन्