कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो । खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ ...

सम्बन्धित सामग्री

अब विद्यालय तथा कलेजमै कोरोना विरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उहाँले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको हो । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप …

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा हिजो (बिहीबार) आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ […]

विद्यालय तथा कलेजमै गएर कोरोना विरुद्धको खोप लगाउने सरकारी योजना

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने सरकारको योजना रहेको बताएका छन् । चाबहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा बिहीवार आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे । कलेजका अध्यक्ष गेहेन्द्...

कोरोना विरुद्धको खोप लगाउन ओमानमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध

काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने ढिलो नगर्नुहोस् ।  ओमानले कोरोना विरुद्धको खोप अभियानमा सबै विदेशी श्रमिकलाई पनि सहभागी गराइरहेको छ ।  कोही पनि विदेशी श्रमिक नछुटुन् भन्ने अभिप्रायले ओमान सरकारले आउँदा दिनमा पनि विभिन्न प्रशासकीय क्षेत्रहरूमा तोकिएका सरकारी स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउने तयारी गरिरहेको छ ।  आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन ओमानमा कार्यरत सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।  खोप केन्द्र ...

बालबालिकाका लागि दशैँअघि नै कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ । आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्न...

कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित

काठमाण्डाै - कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन । निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ ।  यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको  स्वास्थ्य मन्त्...

सीमा नाकामै कोरोना विरुद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई अस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।“एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ ।  दैनिक सीमा नाका भएर आ

बेलायतबाट नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप प्राप्त

बेलायत सरकारले नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोना विरुद्धको खोप हस्तान्तरण गरिन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘बेलायत सरकारको सौजन्यमा १३०,००० मात्रा अस्ट्राजेनेका खोप प्राप्त भएको छ । सहयोगका लागि महामहिम राजदूत निकोला पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ जापानबाट प्राप्त खोप १२ कक्षाका परीक्षार्थीलाई दुवै मात्रा दिइने राज्यमन्त्री श्रेष्ठले जनाएक...

चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

काठमाण्डाै - चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो ...