काठमाडौं : सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ।बृहत् खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो। वैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो।खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि खोप लगाउन लागिएको मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप श