एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले