बैंक तथा वित्तीय संस्थाप्रति नियामक राष्ट्र बैंक थप कठोर बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको गृहकार्य गरिरहेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुनैपनि सहुलियत तथा सुविधा नदिने भएको हो । मंगलबार मौद्रिक नीतिकै सन्दर्भमा छलफल गर्न २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई डाकेको राष्ट्र बैंकले कर्जारनिक्षेप अनुपात (सिडी रेसियो), क्यापिटल एडुकेशी रेसियो, जोखिम भार तथा सरकारी निक्षेप सुविधा जस्ता कुनै पनि विषयमा रिल्याक्सेसन नदिने संक