राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ । यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७