‘साइरन’ ध्वनि प्रदूषणको कारक

उपत्यकाका सडकमा एकैछिन उभिएर हेर्ने हो भने बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स होस् वा आगो निभाएर फर्किएको दमकल, सुरक्षा निकायको होस् वा स्थानीय तहका सवारीसाधन, शव वाहन होस् वा राष्ट्रिय झन्डा वाहक विशिष्ट व्यक्तिहरूको सवारीसाधन नै किन नहुन साइरन जडित त्यस्ता सवारीसाधन अत्यावश्यकबाहेक पनि ठुला ठुला आवाजमा हुइँकिरहेको बग्रेल्ती देख्न सकिन्छ । साइरन जडित यस्ता सवारीसाधनको कर्कस ध्वनिले ध्वनि प्रदूषणमा बढवा दिइरहेको छ । ट्राफिक सङ्केतको रातो बत्तीमा रोकिएर हरियो बल्दा स्टप लाइनमा रोकिएका र अगाडि बढ्न केही सेकेन्ड मात्र पनि ढिला गर्ने सवारीविरुद्ध पछाडिको सवारी चालकले हर्न बजाएर गर्ने विरोध, त्यसै गरी ‘ब्रेक नभए बरु खासै फरक नपर्ने तर हर्न अनिवार्य’ भन्ने सवारीचालकको मानसिकताले गर्दा पनि दिनानुदिन ध्वनि प्रदूषण बढिरहेको छ ।

सम्बन्धित सामग्री

स्वरुप परिवर्तन गर्दा पोखरामा करिब ७ सय मोटरसाइकल कारबाहीमा, ७ लाख बढी जरिवाना

पर्वत : पोखरामा नियम विपरीत स्वरूप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै ध्वनि प्रदूषण गरेका करिब सात सय मोटरसाइकललाई कारबाही गरिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गत भदौ २५ गते यता छ सय ८१ वटा मोटरसाइकलहरूलाई कारबाही गरिएको छ।समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रण

‘मोडिफाइ’ गरी ध्वनि प्रदूषण गर्ने २२ मोटरसाइकल प्रहरी नियन्त्रणमा

स्वरुप परिवर्तन (मोडिफाइ) गरी सडकमा ध्वनि प्रदूषण गर्दै हिँड्ने २२ मोटरसाइकललाई कास्की प्रहरीले पोखराका विभिन्न भागबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आइतबार खटिएको...

स्वस्थ मुटुका लागि ध्वनि प्रदूषण नियन्त्रण

रे। हैजा आतंकका कारण लाखौँ मानिस मारिने तत्कालीन समयमा आवाज प्रदूषणले महामारीको रूप लिन्छ भन्ने डा. कोचको भनाइलाई गहकिलो सन्देश ठानिएन बरू महावैज्ञानिक सन्किए भन्नेसम्मको आरोप लाग्यो।...

विराटनगरमा ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको तयारी

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी शुरू गरेको छ । केही दिनअघि विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवालाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा महानगरले सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरूले महानगरले शुरू गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले ध्वनि प्रदूषणले मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको उनले बताए । यस्तै इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले ध्वनि प्रदूषण नहुनेगरी धार्मिक कार्यक्रम गरिनु पर्ने बताए । ओशो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले सान्दर्भिक विषयमा छलफल चलाएको बताए । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित शहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे । धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी उनले दिए ।

स्वरुप परिवर्तन गर्दा ५० वटा मोटरसाइकल कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाइ) गरेको र ध्वनि प्रदूषण गर्ने गरि तिव्रगतिमा चलाएका सवारी नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै प्रहरीले ५० वटा मोटरसाईकलसँगै चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।...

अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई कारबाही

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका छन् ।  आज मङ्गलवार ट्राफिक प्रहरीले गरेकाे विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गतेदेखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिँदै आएको छ ।  ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात ह...

ध्वनि प्रदूषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ।

वीरगञ्ज महानगरमा राती १० बजेपछि बाजा बजाउन रोक

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको  छ। विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा 'अश्लील'...

घटेन ध्वनि प्रदूषण, मापदण्डभन्दा दोब्बर बढी

राजधानीमा बढ्दो ध्वनि प्रदूषण कम गर्न उपत्यका शहरी क्षेत्रमा जथाभावी हर्न बजाउन रोक लगाएको भए पनि ध्वनि प्रदूषण खासै कमी आएको छैन । सरकारले ध्वनि प्रदूषण मापदण्ड निधारण गरे पनि तोकेको मापदण्ड भन्दा दोव्वर बढीले ध्वनि प्रदूषण हुन गरको पाइएको छ ।