रे। हैजा आतंकका कारण लाखौँ मानिस मारिने तत्कालीन समयमा आवाज प्रदूषणले महामारीको रूप लिन्छ भन्ने डा. कोचको भनाइलाई गहकिलो सन्देश ठानिएन बरू महावैज्ञानिक सन्किए भन्नेसम्मको आरोप लाग्यो।...
धार्मिक र सांस्कृतिक कार्यक्रमबाट हुने प्रदूषण नियन्त्रण हुन सकिरहेको छैन । पटक पटक सरोकारवाला निकायले थालेको प्रयास सफल नहुँदा स्थानीयहरु चिन्तित भएका छन् ।
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ ।
गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनले बताए । केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे साउन्ड सिस्टम र सवारीसाधनको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए ।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्र महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए । महानगरले सरसफाइ, फुटपाथमा निर्माण लगायतका सामग्री राख्न नियन्त्रण, सडकमा पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए । पार्किङस्थल व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनको भनाइ छ ।
महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन उनले आग्रह गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य शहरको रूपमा स्थापित गर्नुपर्छ,’ मेयर कोइरालाले भने, ‘शहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने विश्वास लिएको छु,’ उनले भने ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । प्रेसर हर्न बजाउन निषेध गर्दा शान्त र सभ्य शहरको रूपमा विराटनगर स्थापित हुने कार्कीले बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ट्राफिक प्रहरीसँगको सहकार्यमा वैशाख १ देखि प्रेसर हर्न निषेध गर्ने तयारी गरिएको जानकारी दिए । महानगरले वैशाख १ देखि नै सार्वजनिकस्थल हरूमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गरेको छ ।
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी शुरू गरेको छ । केही दिनअघि विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवालाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा महानगरले सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरूले महानगरले शुरू गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले ध्वनि प्रदूषणले मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको उनले बताए । यस्तै इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले ध्वनि प्रदूषण नहुनेगरी धार्मिक कार्यक्रम गरिनु पर्ने बताए । ओशो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले सान्दर्भिक विषयमा छलफल चलाएको बताए । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए ।
अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित शहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे । धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी उनले दिए ।