काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका छन् ।
आज मङ्गलवार ट्राफिक प्रहरीले गरेकाे विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गतेदेखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिँदै आएको छ ।
ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात ह...