भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले दार्चुलामा तुइनबाट महाकाली नदी पार गर्न लागेका तुइन काटेर नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएर माफी माग्न भारत समक्ष माग गरिएको छ । भारतको स्वतन्त्रता दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले काठमाडौंस्थित भारतीय राजदूतसमक्ष ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको …