पोखरा – पोखरा महानगरपालिका–३२ मा अठारको डिलस्थित तालखोलामा नयाँ ट्रस पुल बनेको छ। बडहरे जाने बाटोमा जोखिम मोलेर जिर्ण पुलबाट आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा ट्रस पुल निर्माण भएको हो। मन्त्रालयको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत लागत साझेदारी गरेका छन्। […]