लाइसेन्स पर्खिरहेछन् निर्जीवन बीमा कम्पनी, नयाँ १० जीवन बीमाकम्पनी पछि मात्रै निर्जीवनको पालो :: BIZMANDU.COM

काठमाडौं। बीमा समितिमा निर्जीवन बीमा ब्यवसायकालागि केही कम्पनीहरु लाइसेन्सको प्रतिक्षामा रहेका छन्। जसका प्रमोटरमा तथा निवेदकमा सानिमा इन्स्योरेन्स कम्पनीका

सम्बन्धित सामग्री

बीमकको वित्तीय विवरणसम्बन्धी नयाँ निर्देशिका जारी, नाफा वितरणमा कडाइ

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको जनाएको छ । अब बीमकहरूले आर्थिक वर्ष (आव) २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्दा यही निर्देशकामा आधारित रहेर जारी गर्नुपर्ने छ । निर्देशिकामा भनिएको छ, ‘बीमकले आर्थिक वर्ष २०७९/८० तथा सो पश्चातका आर्थिक वर्षहरूको वार्षिक वित्तीय विवरण यो निर्देशकाबमोजिम तयार गर्नुपर्नेछ ।’  निर्देशिका अनुसार अब जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीहरूको वित्तीय विवरणमा नाफा घाटाको अवस्था, वितरणयोग्य मुनाफा, शेयर संरचना परिर्वतन, नगदप्रवाह विवरणजस्ता सूचकहरू समावेश गर्नुपर्ने छ । यस्तै कम्पनीहरूले प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण तयार गरी प्राधिकरणमा पेस गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा बीमा कम्पनीको नाफा वितरणमा कडाइ गरिएको छ । निर्देशिकाको अनुसूची १६ मा बीमा कम्पनीले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी तीन वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमा कम्पनीले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान राखिएको छ । त्यसका साथै निर्देशिकामा बीमा कम्पनीले सेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचलित कानुनबमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने भनिएको छ ।  यस्तै, निर्देशिकामा अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरूको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्ने भनिएको छ । निर्देशिकामा भनिएको छ, ‘अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरूको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्नेछ ।’ बीमा कम्पनीहरूले प्रवाह गरेको कर्जामा समेत नोक्सान भएमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने निर्देशिकामा भनिएको छ । ‘बीमकले प्रवाह गरेको कुनै कर्जाको भाका नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

२४ कम्पनीले अझै पेस गरेनन् वित्तीय विवरण

काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये २४ ओटा कम्पनीहरूले नेपाल धितोपत्र बोर्डलाई आर्थिक वर्ष (आव) २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको छ ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा सूचीकृत कम्पनीहरूले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, १३९ कम्पनीले मात्र समयमै विवरण बुझाएका छन् ।   समयमै विवरण बुझाउनेमा १९ ओटै वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटल तथा पर्यटन समूहका कम्पनी, ४१ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी र १–१ अन्य र ट्रेडिङ समूहका कम्पनी छन् ।  ६४ कम्पनीले ढिलो विवरण बुझाएका छन् । ढिलो विवरण बुझाउनेमा १ विकास बैंक, ३ होटेल तथा पर्यटन समूहका कम्पनी, २८ हाइड्रो कम्पनी, ३ इन्भेष्टमेन्ट समूहका कम्पनी, २ जीवन बीमा कम्पनी, ४ उत्पादन तथा प्रशोधन कम्पनी, १८ लघुवित्त र ५ निर्जीवन बीमा कम्पनी छन् ।  २४ कम्पनीले हालसम्म पनि विवरण बुझाएका छैनन् । अझै विवरण नबुझाउनेमा ३ विकास बैंक, २ फाइनान्स, ११  हाइड्रो कम्पनीले, ६ लघुवित्त र १–१ अन्य र ट्रेडिङ समूहका  कम्पनी छन् ।

९ वटा जीवन बीमा कम्पनी मर्जमा नजाने, कसरी पुर्‍याउँदैछन् ५ अर्ब पूँजी ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी चैतमसान्तभित्र मर्जरमा गइसक्न भनेको छ । यसबीचमा १९ बीमा कम्पनी मर्जरमा जाने भएका छन् । केही बीमा कम्पनी भने मर्जमा नजाने देखिएका छन् । ती कम्पनीहरुले आफ्नै पूँजी वृद्धि गर्ने कार्ययोजना बीमा समितिमा पेश गरेका छन् । अहिले १९ जीवन बीमा कम्पनी र १९ निर्जीवन बीमा कम्पनी रहेका […]

व्यवसाय वृद्धिदर : निर्जीवन बीमाले जीवन बीमालाई उछिन्यो

चैत ३०, काठमाडौं । जीवन बीमाभन्दा निर्जीवन बीमा व्यवसायको वृद्धिदर बढी देखिएको छ । लामो समयदेखि निर्जीवनको तुलनामा जीवन बीमा व्यवसायको वृद्धिदर बढी थियो । अहिले आएर निर्जीवनले उछिनेको हो ।  वार्षिक ३०/४० प्रतिशतका दरले जीवन बीमा व्यवसाय बढ्दा निर्जीवन वृद्धिदर १० प्रतिशत हाराहारी हुन्थ्यो । तर, चालू आर्थिक वर्ष (आव) को फागुन मसान्तमा आइपुग्दा जीवन बीमा व्यवसायको वृद्धिदर सन्तोषजनक देखिएको छैन । निर्जीवन बीमाको वृद्धिदर उत्साहजनक छ । चालू आवको फागुन मसान्तसम्म जीवन बीमा व्यवसाय १२ दशमलव १७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा व्यवसायको वृद्धिदर २५ दशमलव २५ प्रतिशत पुगेको बीमा समितिबाट प्राप्त तथ्यांकले देखाएको छ ।  जीवन बीमातर्फ फागुन मसान्तसम्म ९२ अर्ब २० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ८२ अर्ब २० करोड बीमाशुल्क संकलन गरेका थिए । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  निर्जीवन बीमातर्फ सोही अवधिमा करीब २५ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब २० करोड बीमाशुल्क संकलन गरेका थिए । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायको वृद्धिदर राम्रो देखिएको बताए । ‘विगतका आर्थिक वर्षहरूमा निर्जीवन बीमा व्यवसायको वृद्धिदर त्यत्ति सन्तोषजनक थिएन । यसपालि उत्साहजनक देखिएको छ, यो वृद्धिदर कायम राख्नुपर्छ,’ उनले भने, ‘जीवन बीमा व्यवसायको वृद्धिदर भने केही कम देखियो । यसलाई बढाउन समिति प्रयत्नशील हुनेछ ।’ गत आवसम्म जीवन बीमा व्यवसायको वृद्धिदर उत्साहजनक थियो । यसपालिको वृद्धिदर भने त्यत्ति सन्तोषजनक नदेखिएको कम्पनीहरू बताउँछन् । तर, निर्जीवन बीमा व्यवसायको वृद्धिदर उत्साहजनक देखिएको तथ्यांकले नै पुष्टि गरेको छ । आकारमा जीवन बीमा व्यवसाय ठूलो छ, जुन स्वाभाविक भएको बताइन्छ । वृद्धिदरमा निर्जीवन बीमा व्यवसाय अगाडि देखिएको छ, जुन सकारात्मक पक्ष भएको सरोकारवाला बताउँछन् । उक्त अवधिमा कुल बीमा व्यवसाय (जीवन र निर्जीवन) भने १४ दशमलव ७५ प्रतिशतले बढेको छ । गत फागुनसम्ममा १ खर्ब १७ अर्ब ५० करोड बीमाशुल्क संकलन भएको छ । पोहोर उक्त अवधिमा १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो । सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको करोडौं रुपैयाँ दाबी भुक्तानी हुन सकेको छैन । त्यसको असर बीमा व्यवसायमा देखिएको कम्पनीहरू बताउँछन् । उक्त घटनाबाट बीमा कम्पनीहरूले दाबी भुक्तानी नै दिँदैन भन्ने छाप आम मानिसमा परेको छ, त्यसको असरले सर्वसाधारणले जीवन बीमामा आनाकानी गर्न थालेको बीमा कम्पनीका अधिकारी बताउँछन् । निर्जीवन बीमातर्फ भने व्यावसायिक क्षेत्रहरू चलायमान हुँदै गएपछि वृद्धिदर बढेको बताइएको छ । बीमायोग्य सम्पत्ति बढ्ने लगायत कारण पनि निर्जीवन बीमा व्यवसाय बढेको कम्पनीहरूको भनाइ छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

नेप्सेले गर्‍यो सूचीकृत कम्पनीहरुको वर्गिकरण, वर्ग ‘ए’ मा ३६ कम्पनी(सूचीसहित)

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । सूचीकृत कम्पनीहरुलाई नेप्सेले वर्ग ए, बी, जी र जेट गरी चार समूहमा वर्गिकरण गरेको छ । वर्ग ‘ए’ मा २५ ओटा वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स कम्पनी, एक लघुवित्त कम्पनी, तीन हाइड्रोपावर कम्पनी र एउटा उत्पादन तथा प्रशोधन समूह रहेको छ ।  त्यसैगरी वर्ग ‘बि’ मा दुई फाइनान्स कम्पनी, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी, एक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी  परेको छ । त्यसैगरी वर्ग ‘जि’ मा सूचीकृत भएको दुई वर्ष पूरा नभएका कम्पनीहरु आठ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ ओटा हाइड्रोपावर कम्पनी, चन्द्रागिरी हिल्स, लगानी समूहका चार कम्पनी र अन्य समूहको एक नेपाल रि इन्स्योरेन्स कम्पनी परेको छन् ।  त्यसैगरी वर्ग ‘जेड’ मा एक कमर्सियल बैंक एनआईसी एशिया बैंक, १२ ओटा विकास बैंक, १६ ओटा फाइनान्स, ४० ओटा लघुवित्त कम्पनीहरु र ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २८ ओटा हाइड्रोपावर कम्पनी, एक सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, व्यापार समूहको ४ कम्पनी, उत्पादन तथा प्रशोधन समूहको १८ कम्पनी, होटल एण्ड टुरिजम समूहका चार कम्पनी र अन्य समूहको २ कम्पनी परेका छन् ।  वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्नुको कारण सहित ३५ दिनभित्र दाबी सहित आवेदन दिन नेप्सेले अनुरोध गरेको छ।

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

एक अङ्कले बढ्याे नेप्से, साढे पाँच अर्ब रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ ।  बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । आज दुई सय १४ कम्पनीका चार करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुराँस फाइनान्सकाे साढे २९ करोड रुपैयाँक...

धितोपत्र बोर्डविरुद्ध सर्वोच्चमा रिट, ५१ ओटा कम्पनीहरुप्रतिको धारणा सच्याउन माग

असार ५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ ओटा कम्पनीहरुको विषयमा सार्वजनिक गरेको अवधारणापत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रविन बोहजुले बोर्डको उक्त कदमविरुद्ध असार ४ गते रिट दायर गरेका हुन् । बोर्डले सार्वजनिक गरेको ५१ ओटा कम्पनीहरुप्रतिको धारणा सच्याउन माग गर्दै रिट दायर गरिएको अधिवक्ता बोहजुले जानकारी दिएका छन् । कम्पनीको नाम नै सार्वजनिक गरी जोखिमयुक्त भनेर जारी गरेको बोर्डको अवधारणापत्र कानूनसम्मत नभएको भन्दै उक्त अवधारणापत्रलाई बदर गर्नसमेत माग गर्दै रिट दायर गरेको जानकारी बोहजुले दिएका छन् ।  बोर्डले आफ्नो अधिकारभन्दा बाहिर गई सार्वजनिक गरेको उत्त अवधारणापत्रले लगानीकर्ताहरुलाई त्रसित र आतंकित बनाई स्वयम् आफैले बजार प्रभावित गर्ने काम गरेको आरोप पनि उनको छ ।  बोर्डले उल्लेख गरेको ५१ ओटा कम्पनीमा शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ भएको भन्दै अध्ययन तथा अनुसन्धान जारी राखेको अभिव्यक्ति दिएपनि त्यसको कुनै मापन विधि नभएका त्यसतर्फ आवश्यक कानून निर्माणतर्फ ध्यान दिन उनले सुझाव दिएका छन् । बोहजुले दायर गरेको रिटको पेशी आइतवार बिहान १० बजेका लागि तोकिएको छ ।  बोर्डको उक्त कदमप्रति स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था, नेपाल (आईपीपीएन) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले पनि आपत्ति जनाएका छन् । ती दुवै संस्थाहरुले तीन कम्पनीहरुले गलत काम गरेको भए कारवाही गराउनुको सट्टा नामनै सार्वजनिक गरेर लगानीकर्तामा भ्रम फैल्याएको भन्दै आपत्ति जनाएका हुन् । असार १ गते बोर्डले विगत एक वर्षको अवधिमा मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले भएको, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएको, प्रति शेयर आम्दानी ऋणात्मक भएको, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएको कम्पनीहरुको वित्तीय क्षमताको मूल्यांकन समेतको आधारमा बोर्डले ५१ ओटा कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको जानकारी गराएको थियो ।  बोर्डले सार्वजनिक गरेको कम्पनीहरुको नाम सहित यस अघिको नेप्सेले कायम गरेको उच्च विन्दु १ हजार ८८१ दशमलव ४५ विन्दु हुँदाको अवधि र हालको अवधिसम्म ती कम्पनीहरुको शेयरमूल्य, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थ समेत प्रस्तुत गरेको छ ।  बोर्डले सावित गरेको ५१ ओटा जोखिमयुक्त कम्पनीहरुमध्ये २२ ओटा जलविद्युत् कम्पनी, दुई विकास बैंक, चार वित्त कम्पनी, दुई होटल, दुई व्यापारिक कम्पनी, पाँच जीवन बीमा कम्पनी, पाँच निर्जीवन बीमा कम्पनी, दुई उत्पादन तथा प्रशोधन, दुई लघुवित्त र पाँच ओटा अन्य समूहका कम्पनीहरु रहेका छन् ।

बीमा कम्पनीका शेयर : बजार घट्यो, शाख घटेन

काठमाडौं - धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि ज...