बीमकको वित्तीय विवरणसम्बन्धी नयाँ निर्देशिका जारी, नाफा वितरणमा कडाइ

काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको जनाएको छ । अब बीमकहरूले आर्थिक वर्ष (आव) २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्दा यही निर्देशकामा आधारित रहेर जारी गर्नुपर्ने छ । निर्देशिकामा भनिएको छ, ‘बीमकले आर्थिक वर्ष २०७९/८० तथा सो पश्चातका आर्थिक वर्षहरूको वार्षिक वित्तीय विवरण यो निर्देशकाबमोजिम तयार गर्नुपर्नेछ ।’  निर्देशिका अनुसार अब जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीहरूको वित्तीय विवरणमा नाफा घाटाको अवस्था, वितरणयोग्य मुनाफा, शेयर संरचना परिर्वतन, नगदप्रवाह विवरणजस्ता सूचकहरू समावेश गर्नुपर्ने छ । यस्तै कम्पनीहरूले प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण तयार गरी प्राधिकरणमा पेस गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा बीमा कम्पनीको नाफा वितरणमा कडाइ गरिएको छ । निर्देशिकाको अनुसूची १६ मा बीमा कम्पनीले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी तीन वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमा कम्पनीले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान राखिएको छ । त्यसका साथै निर्देशिकामा बीमा कम्पनीले सेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचलित कानुनबमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने भनिएको छ ।  यस्तै, निर्देशिकामा अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरूको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्ने भनिएको छ । निर्देशिकामा भनिएको छ, ‘अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरूको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्नेछ ।’ बीमा कम्पनीहरूले प्रवाह गरेको कर्जामा समेत नोक्सान भएमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने निर्देशिकामा भनिएको छ । ‘बीमकले प्रवाह गरेको कुनै कर्जाको भाका नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

सम्बन्धित सामग्री

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमै बाधा पुगेको भन्दै सिधैं निर्देशिका जारी गर्न आग्रह गरेको हो।...

लघुबीमाको लाइसेन्स पाउने बाटो खुल्यो, समितिद्वारा नयाँ निर्देशिका जारी

लघुबीमा कम्पनी खोल्ने बाटो खुलेको छ । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स समेत प्रदान गर्नेगरी छुट्टै नयाँ निर्देशिका जारी गरेसँगै लघुबीमाको बाटो खुलेको हो ।सोमबार साझ बसेको बीमा समितिको  सञ्चालन समितिले नयाँ लघुबीमा निर्देशिका  पारित गरेको छ । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा छुट्टा-छुट्टै रुपमा दर्ता गर्नेछ । नयाँ लघुबीमा कम्पनी दर्ता गर्न कानुन अभाव भएकोले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनी दर्ता गर्न लागिएको समितिले बताएको छ । योसँगै अब नयाँ लघुबीमा कम्पनी दर्

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो । प्रतियोगिता पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि […]

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् । उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र विवाहका क्रममा पनि

दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले नि

बुझाइमा फरक परेको भन्दै फेरि एमालेको निर्देशिका जारी

काठमाडौं, कात्तिक २२ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जारी गरेको अन्तररार्टी निर्देशनको बुझाइमा फरक परेको भन्दै केन्द्रीय कार्यालयले फेरि आन्तरिक निर्देशिका जारी गरेको छ । यसअघि जारी गरिएको अन्तरपार्टी निर्देशन १३ मा उल्लेख भएका विषयमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न अलमल भएको भन्दै फेरि आन्तरिक निर्देशिका जारी गरिएको एमालेले जनाएको छ […]

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो । समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन […]

धितोपत्र बोर्डद्वारा वस्तु विनियम बजार सञ्चालन निर्देशिका जारी

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन निर्देशिका जारी गरेको छ । बोर्डले असार १५ गतेदेखि लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको हो । नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं

पत्रकार महासङ्घद्वारा कोरोनाको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी गर्दै पालना गर्न पत्रकारलाई आग्रह गरेको छ। पत्रकारमा कोरोना सङ्क्रमण बढ्न थालेपछि महासङ्घले निर्देशिका ल्याएको हो । अहिलेसम्म देशभर ६८० जना पत्रकार सङ्क्रमित भइसकेका छन् भने सात जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओ०ले तयार गरेको स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको महासङ्घले […]