नेप्सेले गर्‍यो सूचीकृत कम्पनीहरुको वर्गिकरण, वर्ग ‘ए’ मा ३६ कम्पनी(सूचीसहित)

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । सूचीकृत कम्पनीहरुलाई नेप्सेले वर्ग ए, बी, जी र जेट गरी चार समूहमा वर्गिकरण गरेको छ । वर्ग ‘ए’ मा २५ ओटा वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स कम्पनी, एक लघुवित्त कम्पनी, तीन हाइड्रोपावर कम्पनी र एउटा उत्पादन तथा प्रशोधन समूह रहेको छ ।  त्यसैगरी वर्ग ‘बि’ मा दुई फाइनान्स कम्पनी, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी, एक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी  परेको छ । त्यसैगरी वर्ग ‘जि’ मा सूचीकृत भएको दुई वर्ष पूरा नभएका कम्पनीहरु आठ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ ओटा हाइड्रोपावर कम्पनी, चन्द्रागिरी हिल्स, लगानी समूहका चार कम्पनी र अन्य समूहको एक नेपाल रि इन्स्योरेन्स कम्पनी परेको छन् ।  त्यसैगरी वर्ग ‘जेड’ मा एक कमर्सियल बैंक एनआईसी एशिया बैंक, १२ ओटा विकास बैंक, १६ ओटा फाइनान्स, ४० ओटा लघुवित्त कम्पनीहरु र ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २८ ओटा हाइड्रोपावर कम्पनी, एक सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, व्यापार समूहको ४ कम्पनी, उत्पादन तथा प्रशोधन समूहको १८ कम्पनी, होटल एण्ड टुरिजम समूहका चार कम्पनी र अन्य समूहको २ कम्पनी परेका छन् ।  वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्नुको कारण सहित ३५ दिनभित्र दाबी सहित आवेदन दिन नेप्सेले अनुरोध गरेको छ।