सत्तारुढ गठबन्धनले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशस्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सरकार सञ्चालनका लागि सहजीकरण गर्न बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश तहमा संयन्त्र विस्तार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सातवटै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय भएको जानकारी दिए । ...