काठमाडौं : सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।आज बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पौडेलको संयोजकत्वमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका पाँच वटा पार्टीका २–२