एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटमा ओलीले सरकारमा आफ्नो पार्टीको पोजिसन फेरिएको र सत्ता पक्षसँग नै एमसीसी अघि बढाउन प्रस्ट बहुमत रहेको बताएका छन् ।
एमसीसीलाई अघि बढाउने वा नबढाउने भन्ने विषय सत्तामा रहेका दलहरूको नै भएको जवाफ ओलीले दिएको वार्तामा सहभागी प्रतिनिधि मण्डल स्रोतले बताएको छ ।
‘अध्यक्ष ओलीले अहिले एमालेको पोजिसन परिवर्तन भएर विपक्षी दलको हैसियतमा रहेको र एमसी...