बजेटमा आईटी क्षेत्र उपेक्षित: न कुनै प्रवर्द्धन न कुनै कार्यक्रम

काठमाडौं  । अथाह सम्भावना भएको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारी बजेटले बेवास्ता गरेको पाइएको छ । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा यस क्षेत्रको विकास, प्रवर्द्धन र उत्थानका लागि सरकारले प्रत्यक्ष रूपमा खुलाएर न कुनै कार्यक्रम राखेको छ, न त बजेट नै । यसले सम्भावना बोकेको आईटी क्षेत्र सरकारको उपेक्षामा परेको स्पष्ट हुन्छ । नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले बजेट विनियोजन नगरे पनि बजेटमा ‘डिजिटल अर्थतन्त्र अपनाइनेछ’ भनिएको छ । आईटी क्षेत्रको विकासमा जोड नदिने तर डिजिटल अर्थतन्त्रको नीति लिएको सरकारले उक्त नीतिलाई कसरी कार्यान्वयन गर्छ भन्नेमा प्रश्न उठेको छ । आईआईडीएसले गरेको ताजा अध्ययनअनुसार नेपालमा ७ हजार ६३७ ओटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् । करीब ७ हजारजतिले कर तिर्ने गरेका छन् भने १०६ ओटा निर्यातमुखी कम्पनी छन् । स्वतन्त्र रुपमा काम गर्नेहरू ६६ हजार ५०९ रहेको र यसरी काम गर्नेहरूले प्रतिवर्ष औसत झन्डै ५ हजार डलर आम्दानी गरिरहेको अध्ययनले देखाएको छ ।  अध्ययनअनुसार अहिले युद्ध भइरहेको युक्रेनको वार्षिक औसत प्रतिव्यक्ति आय ५ हजार डलरकै हाराहारीमा छ । आईटी क्षेत्रमा शुरुआती तहले नै प्रतिवर्ष करीब ३ हजार डलर, मध्यम तहले ६ हजार ३९५ डलर र त्योभन्दा माथिल्लो तहले नेपालमै बसीबसी १५ हजार ३२२ डलरसम्म आम्दानी गर्ने गरेको अध्ययनले खुलासा गरेको छ ।  आईआईडीएसको अध्ययनअनुसार नेपालमै बसेर काम गर्ने आईटी जनशक्तिले वार्षिक करीब ५१५ मिलियन डलर आम्दानी गरिरहेको छ । नेपालमा दर्ता भएका कम्पनीमार्फत २०१ मिलियन डलर र फ्रिल्यान्सरले वार्षिक करीब ३१४ मिलियन डलर भित्त्याइहेका छन् । गतवर्ष पर्यटनबाट ४६ अर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब बराबर आम्दानी भएको छ ।  अर्थविद् सांसद डा. स्वर्णिम वाग्ले अहिलेको बजेटले आईटी क्षेत्रलाई पूरै बेवास्ता गरेको बताउँछन् । उनका अनुसार नेपालको अथाह सम्भावना भएको भनिएको पर्यटन क्षेत्रभन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहे पनि सरकारले बजेटमा प्राथमिकता नदिनु दु:खद हो । आईटी क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजान बजेटमा कुनै सोच विचार नगरिएको बताउँदै उनले थपे, ‘नेपालमा आईटी क्षेत्रको सम्भावना र नेपालमै बसेर विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरिएको स्पष्ट भयो ।’ वाग्लेले आफू अध्यक्ष रहेको आईआईडीएसको हालैको अध्ययनको निष्कर्ष मंगलवार संसद्मा समेत जानकारी गराएका थिए । वाग्लेका अनुसार १५ हजार डलर प्रतिव्यक्ति आय रूस, चीन र मलेशियाको प्रतिव्यक्ति आयभन्दा माथि छ । यति डाइनामिक सेक्टर नेपालमा रहेको पनि सरकारले उपेक्षामा राख्नु गलत भएको उनको बुझाइ छ । ‘चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग जोडिएर काम गरिरहेका छन् । यस्तो क्षेत्रलाई सरकारले कुनै पनि शीर्षकमा प्राथमिकता दिएको देखिएन,’ उनले संसद्मा भने । आईटी क्षेत्रमा २०१९ सालदेखिको ऐनमा नै टेकेर काम गरिरहेको पनि उनले बताए । आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना छ । त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको आईटी क्षेत्रका जानकारहरू बताउँछन् । उनीहरूका अनुसार बजेटमा विदेशी लगानी भित्त्याउन केही सहजीकरण गरिए पनि यो क्षेत्रको विकासका लागि बजेट विनियोजन नगर्नु गलत हो । नेपाल एशोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेसका अध्यक्ष रिचन श्रेष्ठ बजेटले थप लगानी भित्त्याउन केही सहजीकरण गरे पनि यस क्षेत्रको विकासका लागि प्राथमिकताका साथ कार्यक्रम ल्याउन सरकार चुकेको बताए । बजेटमा आईटी क्षेत्रका लागि न्यूनतम एफडीआईको सीमा हटाउँदा टेक कम्पनीका लागि नयाँ सम्भावनाको ढोका खुलेको छ । आइटी क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो योगदान गर्न सक्ने भएकाले यसलाई प्रधानमन्त्री कार्यालय मातहतको संयन्त्र बनाई त्यसलाई स्रोत दिएर चलाउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा प्रवर्द्धनात्मक कार्यक्रम

नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो । आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक …

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।...

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।...

आतिथ्य व्यवस्थापनलाई प्रवर्द्धन गर्न एलसीसीआई

काठमाडौँ – आतिथ्य व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट)लाई प्रवर्द्धन गर्ने उद्देश्यले एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सको स्थापना भएको छ। देशमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम प्रवर्द्धन तथा सञ्चालन गरी प्रमाणिकरण गर्ने उद्देश्य लिएको उक्त संस्थाले जनाएको छ। देशको पर्यटन क्षेत्रको विकास र वैदेशिक रोजगारीमा जाने युवाशक्तिलाई आवश्यक सीप प्रदान गर्न हस्पिटालिटी म्यानेजमेन्ट कोर्सहरु विकास […]

‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’

सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन

काठमाडौं महानगरपालिका ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन्।

काठमाडौंमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज (मंगलबार) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो । ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका थापाले आफू स्वास्थ्य मन्त्री […]

ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं महानगरपालिका वडा नं ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली...

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो । बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ । कार्यक्रमका विशेष […]

स्वर्णिम युनिभर्सिटीको प्रवर्द्धन गर्दै इ-स्पट इन्टरनेसनल एजुकेसन

भारतको गुजरातकै उत्कृष्ट युनिभर्सिटीहरूमध्यमा पर्ने स्वर्णिम युनिभर्सिटीलाई नेपालमा प्रवर्द्धन गरिने भएकाे छ । इ-स्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले साे विश्वविद्यालयकाे प्रवर्द्धन गर्ने भएकाे हो