ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं महानगरपालिका वडा नं ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली...

सम्बन्धित सामग्री

काठमाडौंमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज (मंगलबार) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो । ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका थापाले आफू स्वास्थ्य मन्त्री […]

अस्पतालमा बेड अभाव भएपछि बरण्डाको भूइँमै राखेर करोना संक्रमितको उपचार

वैशाख १८, दाङ । दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालहरुमा बेड अभाव भएको छ । कोरोना संक्रमितको चाप बढ्दै गएपछि जिल्लाको एक मात्र कोरोना विशेष अस्पताल बेल्झण्डीमा अस्पतालको बरण्डा कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले क्षमताभन्दा बढी बिरामी छन् । २५ जना बिरामी उपचारको क्षमता भएको उक्त अस्पतालमा हाल ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।  ‘अस्पतालमा सबै बिरामीलाई बेड छैन, अस्पतालका कोलिया, बरण्डामा राखेर पनि उपचार भइरहेको छ‘, उनले भने । अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भूइँमा राखेर उपचार गरिरहेको व्यवस्थापक ओलीको भनाइ छ । अस्पतालको बराण्डामा अहिले ६ जना बिरामीहरुको उपचार भइरहेको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि क्षमताभन्दा बढी कोरोनाका बिरामी राखेर उपचार गर्न वाध्यता छ । शुक्रवार मात्रै दाङमा २२९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म जिल्लाका एक हजार तीन सय ६६ कोरोनाका सक्रिय विरामी रहेका छन् । तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर बन्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको कोरोना आइसोलेशन सेन्टर निर्माण गर्दैछ ।  तुलसीपुरस्थित भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (मेट्रो हस्पिटल) मा निर्माण गरिन लागिएकोे उक्त आइसोलेशन सेन्टरको काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिएका छन् । अबको दुई/तीन दिनभित्र आइसोलेशन सेन्टर सञ्चालनमा आउने न्यौपानेले बताए । अहिले विद्युत्, धारा जडान, वाइरिङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भइसकेको छ ।  आइसोलेशन सेन्टर सञ्चालनमा आएपछि जिल्लाका कोरोना संक्रमितको उपचारका लागि सहज हुने उपमहानगरपालिकाले बताएको छ ।