कालीकाेट – थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा डाक्टरको टोली पुगेको छ । तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको छ ।
हिजो ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । स्वास्थ्य जाँच शिविर आज पनि चल्नेछ । एक हप्तादेखि फैलिएको रोगबाट १३ वर्षीया कर्मा थापाको ज्यान गएको थियो । गाउँभरि बिरामी छन् । बिरामी हुनेमा महिला र बालबालिका धेरै छन् । बिरामीको स्वास्थ्य जाँ...