भुम्लुमा प्राणघातक रोग उपचार कोष स्थापना

काभ्रे : काभ्रेको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले पदभार ग्रहण गरेसँगै पहिलो दिन प्राणघातक रोगको निशुल्क उपचारका लागि ‘रोग निवारण कोष’को स्थापना गरेका छन्।गाउँपालिकाको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै अध्यक्ष भुजेलले मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकहरुको निशुल्क उपचार गर्ने गरी ‘रोग निवारण कोष’ स्थापना गरेका हुन्।गाउँपालिका अध्यक्ष भुजेलले प्राणघातक