तल फिक्का रातो र माथि गाढा सेतो रंग पोतिएको भवन, प्राङ्गणमा भिआइपी चढ्ने गाडी। जिल्लाका विभिन्न सरकारी निकायका कार्यालयले घेरिएको छ, सुर्खेतस्थित प्रदेश नम्बर ६ को मुख्यमन्त्री कार्यालय। वीरेन्द्रनगरको यो भवन केही दिनअघिसम्म मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय थियो। यो क्षेत्रका १५ जिल्लाको सुरक्षा चाँजोपाँजोदेखि अन्य प्रशासनिक काम यसै भवनबाट हुन्थ्यो। अघिल्लो सातादेखि यो भवनमा प्रशासनिकसँगै…