दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

काठमान्डाैं / दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ । अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले... The post दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण appeared first on Purbeli News.

सम्बन्धित सामग्री

जनता आवास कार्यक्रममार्फत सल्यानमा ५० ओटा घर निर्माण

असार १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका - ६ भुम्केज्युलाका डिल्ली पुन घरबिहिन थिए । झण्डै एक दशक छिमेकीको घरमा बस्दै आएका उनी अहिले आफ्नै घरमा बस्न थालेका छन् । जग्गा जमीन केही नभएका उनलाई घर निर्माणको लागि जनता आवास कार्यक्रममार्फत रकम प्राप्त भयो ।  सरकारले पैसा दिएर घर बनाइदियो खुसी हुँदै उनले भने ‘एक दशकपछि अहिले आफ्नै नयाँ घरमा बस्न थालेको छु ।’ कालिमाटी गाउँपालिका २ बराढुंगाका मेघराज परियारको नाममा जग्गाजमिन केही छैन ।  ४ जनाको परिवार ज्यालामजदूरी गरेर पाल्दै आएका उनलाई सरकारले घर निर्माणका लागि रकम दियो । ‘हामी गरीब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौँ, राम्रो भयो’ उनले भने । नयाँ घर बनाउन सरकारले दिएको खर्चले घर निर्माण भएपछि खुसी छाएको उनको भनाइ छ । छत्रेश्वरी गाउँपालिका - ५ लेखपोखराकी धनी कामीको पनि घर थिएन । जसोतसो जीवन गुजारा चलाउँदै आएकी उनलाई पनि सरकारले घर निर्माणका लागि रकम दियो र अहिले उनी नयाँ घरमा बस्दै आएकी छिन् । ‘घर नहुँदा समस्या थियो, विपन्न परिवारको लागि कोही छैन, भन्ने मनमा लाग्ने गर्थ्यो तर हाम्रो लागि सरकार रहिछ, २ कोठे घर निर्माण गरिदियो’ उनले भनिन् । उनीहरु तीनजना त प्रतिनिधि पात्र मात्रै हुन्, जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण भएपछि सल्यानका ५० विपन्न परिवार खुसी भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ५० ओटा घर निर्माण सम्पन्न भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर १० ओटा स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा ५/ ५ ओटाका दरले घर निर्माण भएका हुन् ।  घरविहिन परिवारका लागि संघिय सरकारले जिल्लामा ५० आवास निर्माण गर्न रू. १ करोड ७५ लाख रुपैयाँ पठाएको थियो । सोही बजेटको पुर्वाधार विकास कार्यालय सल्यानले कार्यान्वयन गरेको हो । सोही रकमबाट घर निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख बिनोद पुनले जानकारी दिए ।  उनका अनुसार घर निर्माणका लागि प्रत्येक परिवारले अधिकतम ३ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘यसवर्ष जिल्लामा ५० ओटा आवास निर्माण भएका छन्, जनता आवास कार्यक्रमको कार्यविधि अनुसार रकम भुक्तानी भइरहेको छ, बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको छ’ उनले भने ‘यसवर्ष जनता आवासको रकम केही अपुग हुनेभयो, हामीले मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’ आवासका लागि दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको छ । कार्यालयका असिस्टेन्ट सव इन्जिनियर महेश कुमार वलीले आवास निर्माण कार्यक्रम लोकप्रिय रहेको बताए ।  यो लक्षित समुदायसम्म पुग्ने कार्यक्रम भएकाले उनीहरु पनि खुसी भएको वलीको भनाइ छ । जिल्लामा आवास निर्माणका लागि सयौँ परिवारले माग गरेको पुर्वाधार विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।