खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलामा भएको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका […]