रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो । हाइड्रो कन्सर्न प्रालिले सदरमुकाम धुन्चेस्थित मिनी गोसाइँकुण्डमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ । निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार आयोजना निर्माण गर्न लागिएको कन्सर्नका प्रमुख हेमजंग गुरुङले बताए । निर्माण