जनकपुरधाम : धनुषामा बलात्कार घटनाका एक आरोपी आज जेल चलान भएका छन्। जिल्ला अदालत धनुषाको आदेशले बलात्कार घटनाका आरोपी धनुषाधाम नगरपालिका–२ काशीपुरका २८ वर्षीय श्याम साहलाई कारागार चलान गरेको हो।न्यायाधीश ध्रुवप्रसाद बाँस्कोटाको एकल इजलाशले साहलाई पुर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार चलान गरेको हो। गत जेठ १६ गते एक २५ वर्षीया महिलाको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट गर्नुका साथै उनले बलात्कारसमेत गरेका थिए। धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा जेठ १६ गते राति त