१५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित सप्तकोशी बैंकका तीनजना कर्मचारी पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलाशले उनीहरुलाई जेल चलान गरेको हो । जेल चलान हुनेहरुमा सप्तकोशी बैंकका तत्कालीन सिइओ नविन सुवेदी, बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराई रहेका छन् । बैंकका अपरेसन प्रमुख अमित थापा