जेठ १७, काठमाडौं । जेठ महीनाको पछिल्लो हप्ता वाणिज्य बैंकहरूमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्म ६ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । संघका अनुसार जेठ ६ गते ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक हप्ता पछि निक्षेप संकलन बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ ।
उक्त अवधिमा ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो । तर, एक हप्तापछि जेठ १३ गते कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ ।
जेठ १३ गतेसम्म वाणिज्य बैंकहरूको सीडी रेसियो ९० दशमलव ४१ प्रतिशत कायम भएको छ ।