सरकारले कुल जनसंख्याको ४० प्रतिशतले काेभिडकाे पूर्ण मात्राको खोप लगाएमा 'बुस्टर डोज' र अतिरिक्त खोप दिने जनाएको छ । मन्त्रालयले सूचना जार गरी माघदेखि यसकाे थालनी गर्ने जनाएकाे छ । हालसम्म कुल जनसंख्याको ४८.४ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप लगाउने ३५.६ प्रतिशत पुगेको छ ।