काठमाडौं: सरकारले अब कोरोना भाइरस विरुद्धको खोप एकै व्यक्तिले पनि फरक-फरक लगाउन सक्ने गरी नयाँ निर्देशन जारी गरेको छ।यसअघि पहिलो र दोस्रो डोज मात्र होइन अतिरिक्त मात्रा (बुस्टर डोज) समेत एउटै लगाउनु भन्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पहिलो डोज जुनसुकै लगाए पनि दोस्रो र बुस्टर डोज क्रस गरेर लगाउन अनुमति दिएको हो। अहिले ज्येष्ठ नागरिक बुस्टर डोजको पर्खाइमा छन्। ६० वर्ष माथिका धेरै ज्येष्ठ नागरिकले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका हुनाले अहिले बुस्टर डो