काठमाण्डाै - भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् ।सरकारले बुस्टर मात्रामा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेपछि केही अलमल देखिएको हो । तर स्वास्थ्य मन्त्रालयले ढुक्क भएर बुस्टर मात्राको खोप लगाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा सरकारले बुस्टर खोपको मात्रा फरक खोप दिने निर्णय गरेको हो । नेपालमा खोप कार्यक्रम सुरु भएपछि अहिलेसम्म...