‘बुस्टर डोज’को लागि सरकारले किन फरक खोप दिने निर्णय गर्‍यो ?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणबाट हुन सक्ने जोखिम कम गर्न सरकारले ‘बुस्टर डोज’ दिइरहेको छ। हाल ६० वर्षभन्दा माथि उमेर समूहका साथै गम्भीर रोग भएका र अग्रपंक्तिमा खटेर काम गरिरहेकाहरुलाई ‘बुस्टर डोज’ दिइँदैन। केही स्थानमा भने सबै उमेर समूहलाई खोप प्रदान गरिएको छ। सरकारले यसअघि पूर्ण खोप…

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाण्डौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन,...

रोग प्रतिरोधात्मक क्षमता कम र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने

काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो । भेरोसेल खोपको पूर्ण मात्रा लगाएको […]

सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने, मितिबारे निर्णय बाँकी

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।अधिकारीका अनुसार र

अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, भोलि काठमाडौं आइपुग्ने

अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।

वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

काठमाण्डौ – खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ । यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको यो निर्णयको आलोचना गरेका थिए । कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा ...

१८ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी

काठमाडौं, २ साउन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ […]

जापानले नेपाललाई अनुदानमा कोरोना विरुद्धको खोप दिने

काठमाण्डाै - जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ । जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । ...