हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं । विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ । तर पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ ।उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् । जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल