विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।उनले 'थाहाखबर'सँग भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’म