यौनिक तथा अल्पसङ्ख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेको गुनासो

सरोकारवालाहरूले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन् । उनीहरूले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूको पक्षका बुँदाहरू विभिन्न तरिकाबाट समेट्ने गरे पनि कार्या