कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।यसैगरी आयकर, अन्तः शुल्क, शिक्षा सेवा

सम्बन्धित सामग्री

संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ। सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा राखेको म्याद थपसम्बन्धी प्रस्ताव अनुमोदन भएको हो। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर कर र राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि अनुसन्धान गर्न प्रतिनिधिसभा बैठकले असार २२ गते विशेष छानबिन समिति गठन गरेको थियो । समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन १० दिनको म्याद द

कर विवादको मुद्दा फिर्ता लिने समय थप

सरकारले कर विवादको मुद्दा फिर्ता लिने समय थप गरेको छ। मंसिर मसान्तसम्म रहेको म्याद एक महिना थप गरी पुस मसान्तसम्म पुर्‍याइएको हो । राजस्व न्यायाधीकरणमा अध्यक्ष नभएको भन्दै सरकारले समय थपेको जनाएको छ । जुन सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनबाट कर विवादमा मुद्दा दायर गरेका करदाताले मुद्दा फिर्ता लिए छुटको व्यवस्था गरेको छ।  यसरी मुद्दामा गएका व्यवसायीहरुको मुद्दा धेरैजसो राजस्व न्यायाधीकरणमा छ। हाल न्यायाधीकरणको अध्यक्ष पद खाली रहेको छ। अध्यक्ष नियुक्त  गर्न समय ला...

कर बुझाउने म्याद थप

सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर दाखिला तथा कर बुझाउने म्याद थप गरेको हो ।विभागका अनुसार २०७७ चैत र २०७८ वैशाख महिनाको मासिक […]

कर तिर्ने म्याद  २५ असारसम्म थपियो

सरकारले कर विवरण र कर रकम बुझाउने समयसीमा थप गरेको छ । करदाताले चैत र वैशाखमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर विवरण र कर रकम बुझाउने अन्तिम म्याद २५ असारलाई तोकिदिएको हो ।  अर्थमन्त्रालयले...

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

असार २, काठमाडौं । आन्तरिक राजस्व विभागले कोरोना महामारी पछि लागू गरिएको निषेधाज्ञाका कारण कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप गरेको छ । विभागले बुधवार  प्रकाशित गरेको सूचना  अनुसार अव विसं २०७७ साल चैत र वैशाख महीनाको मासिक तथा चैत र वैशाख महीनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ । त्यसैगरी विसं २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । त्यस्स्तै विसं २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि सोहि मितिसम्म तोकिएको छ । विसं २०७७ चैत र २०७८ वैशाख महीनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्यादसमेत  असार २५ गतेसम्म थप भएको विभागले बताएको छ । सर्वोच्च अदालतले मंगलवार मात्रै  सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो ।  निषेधाज्ञामा सरकारले कर उठाउन खोजेपछि अधिवक्ता सृजना अधिकारीले गत जेठ  २ गते अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रीट दायर गरेकी थिइन् । त्यसमा सुनुवाइ गर्दै ६ जेठमा न्यायाधीश मीरा खड्काको इजलाशले निषेधाज्ञाको अवधिमा कर नउठाउन तथा निषेधाज्ञा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।  हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना : यो पनि हेर्नुस् : सर्वोच्चले खुला गर्‍यो कर उठाउने बाटो

कर भुक्तानीको समय थप नहुने

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क भुक्तानीको म्याद थप नगर्ने भएको छ ।वैशाख १६ गतेबाट काठमाडौं उपत्यकासहित अन्य थुप्रै जिल्लामा निषेधाज्ञा लागू भएपछि निजी क्षेत्रले भ्याट र अन्तःशुल्क तिर्ने समय थप गर्न माग गर्दै आएको थियो । तर, कर भुक्तानीका लागि म्याद थप नगरिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।निजी क्षेत्रका छाता संगठनहरुले अर्थमन्त्री […]

कर तिर्ने समय थप  गरिदिन आनको आग्रह

कोभिड–१९ को नयाँ भेरियन्टको रोकथामका लागि ७५ प्रतिशत भूभागमा निषेधाज्ञा जारी रहेको अवस्थामा सरकारलाई कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थपिदिन नेपाल विज्ञापन संघ (आन)...

कर बुझाउने म्याद थप्न माग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले कर बुझाउने मयाद थप गर्न सरकारलाई अनुरोध गरेको छ ।हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले कर रकम बुझाउन सक्ने अवस्था नरहेकाले म्याद थप गर्न नाडाले आग्रह गरेको छ । वैशाख २५ गतेसम्म कर बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा […]

कर बुझाउने म्याद थप गर्न अटोमोवाइल व्यवसायीहरूको आग्रह

काठमाडौँ / अटो मोवाइल व्यवसायीहरूले कर बुझाउने म्याद थप गर्न सरकारसमक्ष आग्रह गरेका छन् । नयाँ भेरियन्टको कोरोना संक्रमण तीब्र रूपमा फैलिएको कारण काठमाडौँ उपत्यका

व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद तीन महिना थप गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको हो ।        व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको भए पनि गत आवको अन्त...