काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ। सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा राखेको म्याद थपसम्बन्धी प्रस्ताव अनुमोदन भएको हो। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर कर र राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि अनुसन्धान गर्न प्रतिनिधिसभा बैठकले असार २२ गते विशेष छानबिन समिति गठन गरेको थियो । समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन १० दिनको म्याद द