सरकारले कर विवादको मुद्दा फिर्ता लिने समय थप गरेको छ।
मंसिर मसान्तसम्म रहेको म्याद एक महिना थप गरी पुस मसान्तसम्म पुर्याइएको हो ।
राजस्व न्यायाधीकरणमा अध्यक्ष नभएको भन्दै सरकारले समय थपेको जनाएको छ । जुन सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ ।
चालु आर्थिक वर्षको आर्थिक ऐनबाट कर विवादमा मुद्दा दायर गरेका करदाताले मुद्दा फिर्ता लिए छुटको व्यवस्था गरेको छ।
यसरी मुद्दामा गएका व्यवसायीहरुको मुद्दा धेरैजसो राजस्व न्यायाधीकरणमा छ। हाल न्यायाधीकरणको अध्यक्ष पद खाली रहेको छ।
अध्यक्ष नियुक्त गर्न समय ला...