नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको हो ।
व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको भए पनि गत आवको अन्त...