‘दोस्रो चरणको सुधार गर्न ढिलो भइसक्यो’

 नेपालमा दोस्रो चरणको सुधार गर्न ढिलो भइसकेको सरोकारवालाहरूले बताएका छन् । समृद्धि फाउन्डेसनले मंगलबार आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले भने, ‘सन् १९९० मा मुलुकमा ठूलो सुधार...

सम्बन्धित सामग्री

बजारको सुधार र सुदृढीकरणका लागि नयाँ स्टक एक्सचेञ्ज आउनैपर्छ

विगत १६ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका ताराप्रसाद फुल्लेलसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले शेयर बजारको पछिल्लो अवस्थाबारे गरेको कुराकानीको सार : नेपाल राष्ट्र बैंकले हालै शेयर धितो कर्जाको सीमा बढायो । त्यसले बजार उकास्छ भन्ने अपेक्षा थियो । तर बजार बढ्नुको साटो अधिकांश दिन घटेको छ । कारण के हो ? यसअघि मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा जुन १२ करोड रुपैयाँसम्म थियो । त्यसलाई व्यक्तिगततर्फ १५ करोडसम्म र संस्थागततर्फ २० करोड रुपैयाँसम्म पुर्‍याइएको छ । तर लगानीकर्ताको माग राष्ट्र बैंकले यस्तो कर्जामा कुनै पनि सीमा तोक्नुहुँदैन भन्ने हो । अहिलेको खुला बजार अर्थतन्त्रमा राष्ट्र बैंकले यस्तो सीमा राख्नु राम्रो होइन । राष्ट्र बैंक थोरै भए पनि लचक भने भएको छ । यद्यपि लगानीकर्ताको माग यसलाई खुला छाड्नुपर्छ भन्ने थियो ।  राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा परिमार्जन गरे पनि असोज मसान्तमा ब्याज तिर्नुपर्ने र चाडपर्व शुरू हुन थालेकाले पनि बजार प्रभावित भएको हुन सक्छ । राष्ट्र बैंकले १५ दिनअघि यो निर्णय ल्याइदिएको भए बजारमा सकारात्मक प्रभाव पर्न सक्थ्यो । यद्यपि कारोबार रकममा भने केही सुधार देखिएको छ । केही समयअघि १ अर्बभन्दा कमको कारोबार भएकोमा पछिल्ला दिनमा डेढ अर्ब रुपैयाँसम्मको कारोबार भएको छ । विस्तारै बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यक छ कि छैन ? नेपालमा अहिले अर्को नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ या छैन भन्दा पनि अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले के के काम गर्‍यो, लगानीकर्तामैत्री कार्यक्रम ल्याउन सक्यो कि सकेन, नयाँ प्रविधि प्रयोग गरेर वित्तीय उपकरण ल्याउन सक्यो कि सकेन भन्ने जस्ता कुरा महत्त्वपूर्ण हुन्छन् । नेपाल सरकारको बहुसंख्यक शेयर भएको संस्था भएकाले नेप्सेलाई कुनै पनि खरीद प्रक्रियामा जान सार्वजनिक खरीद ऐनले पनि अप्ठ्यारो पारेको होला । एउटै मात्र स्टक एक्सचेन्ज भएकाले प्रतिस्पर्धात्मक पनि भएन । यसकारण पनि अहिलेको आवश्यकता नयाँ स्टक एक्सचेन्ज नै हो । नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ । यो आएपछि नयाँ नयाँ प्रविधि तथा वित्तीय उपकरण भित्रिनेछन् । शेयर कारोबार प्रक्रिया छिटो र सहज हुनेछ । गुणस्तरीय सेवासुविधा पाइनेछ । यसकारण पनि नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ र प्रतिस्पर्धी भएर काम गर्नुपर्छ । यसले लगानीकर्तालाई फाइदा नै पुग्छ ।  नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अगाडि बढाएको छ । ढिलो चाँडो आउँछ । त्यसपछि नेप्सेलाई पनि सुधारेर अगाडि लैजानुपर्छ । लगानीका उपकरण बढाउनुपर्छ । प्रतिस्पर्धा भएपछि पक्कै पनि राम्रो सेवासुविधा पाउन सकिन्छ । उदाहरणका लागि नेपाल टेलिकम र एनसेल हेर्न सकिन्छ । नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ । पछिल्लो समय शेयर लगानीकर्ताको हकहितमा खोलिएका धेरै संगठन छन् । यी सबै संघलाई मिलाएर महासंघ बनाउने कुरा पनि आएको थियो । त्यो काम किन अगाडि बढ्न  सकेको छैन ? शेयर बजार र लगानीकर्ता हकहितका लागि पछिल्लो समय धेरै लगानीकर्ता संघसंगठन जन्मिए । फरक परिवेश र फरक तरीकाले यी संघसंगठन आए । तर सबैको उद्देश्य नेपालको शेयर बजारको विकास, विस्तार र सदृढीकरणका लागि पहल गर्ने हो । नियामक निकायले पनि राम्रो गरोस् र प्रतिस्पर्धी भएर काम गर्न पाइयोस् भनेर संघसंस्था गठित भएका हुन् । आज ६० लाख डिम्याट खातावाहक भएको ठाउँमा दुई–चारओटा लगानीकर्ता संगठन हुनु स्वाभाविक नै हो । तर पनि लगानीकर्ताको माग र नियामकको चासो लगानीकर्ता महासंघ भइदिए राम्रो हुन्छ भन्ने छ । त्यो हाम्रो पनि चाहना हो । हामी संघसंगठन अहिले आआफ्नो ठाउँमा भए पनि एउटा महासंघ भएपछि नियामक निकाय, सरकार र सरोकारवाला अन्य निकायसँग आफ्ना कुरा राख्न र बजारका समस्या समाधानमा पहल गर्न सहज हुन्छ । यो हामीले महसूस गरेका छौं । यसका लागि कसरी अघि बढ्ने भन्ने विषयमा हामी लगानीकर्ता संघसंगठनबीच छलफल भइरहेको छ । निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि कम्पनीका प्लान्ट (विद्युत् केन्द्र) नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने अहिलेको व्यवस्था छ । यसलाई आयोजनाको प्रकृतिअनुसार ४० देखि ५० वर्षसम्म पुर्‍याउनुपर्छ भनेर अहिले अध्ययन भइरहेको छ । यसको अवधि बढाउनुपर्छ । यो भनेको कम्पनीले विद्युत् केन्द्र हस्तान्तरण गर्ने हो । कम्पनीका सहायक आयोजना चलिरहेका हुन्छन् । उदाहरणका लागि चिलिमेको रसुवागढी, सान्जेन जस्ता आयोजना चालिरहेका छन् । यसले गर्दा लगानीकर्ताले प्रतिफल पाइराख्छन् । सहायक आयोजनाले गर्दा कम्पनीको नाममा सम्पत्ति हुन्छ । त्यही कम्पनीको सम्पत्तिको आधारमा लगानीकर्ताले प्रतिफल पाउने अवस्था भए पनि सरकारको स्पष्ट खाका नआइसकेकाले लगानीकर्तामा केही अन्योल देखिएको हो । नयाँ लगानीकर्ताका लागि शेयर खरीद एवं विक्रीका लागि कस्तो समय उपयुक्त हुन्छ ?  के कस्ता कुरामा ध्यान दिनुपर्छ ? नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ । त्यसपछि आफ्नो क्षमता अनुसार लगानीको परिमाणबारे पनि स्पष्ट हुन जरुरी छ । ‘यति रकम बराबरको लगानी गर्दा भोलि बजार घटेमा थप यति पूँजी थप्न सक्छु र बजार बढेमा यति प्रतिफल प्राप्त भएपछि विक्री गर्छु’ भनेर स्वयम्ले निर्णय लिन सक्नुपर्छ । अर्को कुरा, आफूले लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन समूह र प्राविधिक पक्षको पनि अध्ययन गर्नुपर्छ । जोखिम वहन क्षमतामा पनि ध्यान दिनुपर्छ । त्यस्तै कम्पनीको लाभांश बाँड्ने क्षमता कस्तो छ, विगतका वर्षमा कस्तो लाभांश दिएको थियो, वित्तीय विवरणमा नाफाको प्रवृत्ति कस्तो छ भन्ने जस्ता कुराको अध्ययन गरी लगानी गर्नुपर्छ ।

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने …

समयको अनुशासनः केही मानिसहरू किन सधैँ ढिलो हुन्छन्? - BBC News नेपाली

'भनाई नै छ मानिसको पुरानो बानीमा सजिलै सुधार हुने गर्दैन। र यस लेखमा उल्लेख गरेको कुरा त्यहि भनाइको एक पीडादायी उदाहरण हो।'

प्रतिवद्धता पूरा गर्न अब ढिलो गर्न हुन्न : उपेन्द्र यादव

२४ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए । उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता […]

नेपालमा कहाँकहाँ वर्षा र हिमपात हुन सक्छ, कहिलेदेखि सुधार हुन्छ मौसम ?

अहिले देशका अधिकांश भूभागमा बदली भई कतिपय स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा समेत भइरहेको छ।बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय एवम्‌ पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको महाशाखास्थित मौसमविद्‌ मञ्जु बासीले बताइन्। यो क्रम तीन दिन अर्थात्‌ बुधवारसम्म जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।कहाँका लागि कस्तो पूर्वानुमान?सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।सोमवार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने समेत सम्भावना रहेको मौसमविद्‌ बासीले बताइन्।मङ्गलवार पनि देशभरि सोमवारको जस्तै महाशाखाको पूर्वानुमान छ।बुधवार भने प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार प्रदेश नं १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको छ।'यो प्रवृत्ति बुधवारसम्म रहन्छ र बिहीवारबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ,' मौसमविद्‌ बासीले बीबीसी नेपालीसँग भनिन्।अहिले वर्षा हुनु सामान्य हो?मौसमविद्‌ मञ्जु बासीका अनुसार यो वर्ष पूर्वानुमानभन्दा केही दिन ढिलो गरी अक्टोबर ८ तारिखमा नेपालबाट मनसुन बाहिरिएको छ।'अक्टोबर र नोभेम्बरलाई हामी पोस्ट-मनसुन भन्छौँ। यो बेला बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्दा त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा वर्षा हुने गर्छ,' उनले थपिन्।सात वर्षअघि अर्थात्‌ सन् २०१४ को अक्टोबर महिनामै अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको थियो।मौसमविद्‌हरूका अनुसार त्यस बेला अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात गराएको थियो।डढेलधुरा, डोटी र छेउछाउका क्षेत्रमा विगत १२ घण्टामा ठूलो वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेकोले रङ्गुन नदी तथा सो क्षेत्रका अन्य ससाना नदीमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ।त्यसैगरी बिदाको मौका पारेर अहिले धेरैले घुमफिर गर्ने भएको हुँदा सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ।खेतीपातीमा कस्तो असर?खासगरी पाकिसकेर काट्न तयार भएका धानलाई अहिलेको पानी असर पार्न सक्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरिरहेका छन्।कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेल पनि पाकेको धानलाई अहिलेको पानीले केही हदसम्म हानि पुर्‍याउन सक्ने बताउँछन्।'हामीकहाँ धान काटिसकेपछि त्यसलाई सुकाउने प्रचलन रहेको हुँदा पानीले भिज्यो भने चामलको गुणस्तरमा असर पर्न सक्छ,' उनले बीबीसी नेपालीसँग भने।'अर्को कुरा अलि लामो समय भयो भने बोटमै अथवा काटेकै ठाउँमा धान उम्रिन सक्छ।'किसानका लागि महत्त्वपूर्ण वस्तु रहेको पराल पनि वर्षाका कारण बिग्रिन सम्भावना पनि उत्तिकै रहने कृषि अर्थविद्‌ पौडेल औँल्याउँछन्। -बिबिसीनेपालीबाट

सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ?

हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाएकी छन् । प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो। गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन […]

किन मेलम्ची ढिलो भयो, काठमाडौं आउन अब कति बाँकी ?

काठमाडौँ , साउन १७ । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ।

किन मेलम्ची ढिलो भयो, काठमाडौं आउन अब कति बाँकी?

लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। सडक हिलो हुने भएकाले रोकियो वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले…