काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित हुनु भएको छ ।
अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उहाँ बैठकमा अनुपस्थित हुनुभयो ।
समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने भने पनि बिहान उहाँको सचिवालयबाट बैठकमा आउन नसक्ने जानकारी गराइएको थियो । अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा वि...