काठमाण्डाै – अस्ट्रेलियासँगको तीन खेलकाे टी–२० शृङ्खला इङ्ग्ल्यान्डले एक खेलअघि नै जितेको छ । आज बुधवार क्यानबेरामा भएको दोस्रो खेल आठ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको हो ।
इङ्ग्ल्यान्डले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ विकेट गुमाएर एक सय ७० रनमात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ र टिम डेविडले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साम कुरनले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले डेविड मलानको ८२ र म...