काठमाण्डाै – कतारसँगको तीन खेलको टी–२० शृङ्खला नेपाली महिला टोलीले जितेको छ । आज बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।आज कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर तीन बलमा ६८ रनमा अलआउट भयो । बलिङतर्फ नेपालकी सरस्वती कुमारीले चार, रुबिना क्षेत्रीले दुई तथा सबनम राई, संगीता राई र कविता जोशीले एक/एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो । नेपालका ला...