वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो । भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ ...

सम्बन्धित सामग्री

टी-२० शृङ्खला : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट […]

द्विपक्षीय टी२० शृङ्खला: नेपालद्वारा वेस्ट इन्डिज 'ए' पराजित - BBC News नेपाली

कीर्तिपुर क्रिकेट मैदानमा शनिवारबाट सुरु भएको दुई देशबीचको पाँच खेलको द्विपक्षीय टी-२० शृङ्खला नेपाल र वेस्ट इन्डिज दुवै देशका खेलाडीका लागि आगामी जुनमा हुने विश्वकप अगाडि छनोटमा पर्ने अन्तिम अवसर हो।

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र […]

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

काठमाण्डाै - भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट...