काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् ।
गएकाे आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातकाे काँधमा चाेट लागेर घाइते भएका पारसले भाेलि (शनिवार) देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियाेगिता गुमाउने भएका हुन् । प्रतियाेगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई/तीन आराम गर्नुपर्ने देखिएकाे बताएका छन् । आफूले प्रतियाेगिता...